देशभर रास्वपाको लहर: यी उम्मेदवार अगाडि
Thank you for reading this post, don't forget to subscribe!काठमाडौं: देशभर जारी मतगणनाको प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले उल्लेख्य अग्रता लिएका छन्। विभिन्न निर्वाचन क्षेत्रमा रास्वपाका धेरै उम्मेदवारहरू प्रतिस्पर्धी दलभन्दा अगाडि देखिएका छन्।
हालसम्म प्राप्त विवरणअनुसार अग्रता लिएका प्रमुख उम्मेदवारहरू यसप्रकार छन्:
- रञ्जु न्यौपाने – ९,०७८ अग्रता
- विराजभक्त श्रेष्ठ – ७,६१७ अग्रता
- सुलभ खरेल – ४,०७७ अग्रता
- पुकार बम – ३,९२२ अग्रता
- मनिष झा – ३,९१४ अग्रता
- सन्तोष राजवंशी – ३,८५८ अग्रता
- रुकेश रञ्जित – ३,४५१ अग्रता
- शिशिर खनाल – २,२३८ अग्रता
- यज्ञमणि न्यौपाने – २,२०५ अग्रता
- खगेन्द्र सुनार – १,७०४ अग्रता
- गणेश धिमाल – १,५४४ अग्रता
- देवराज पाठक – १,५१५ अग्रता
- बालेन्द्र शाह (बालेन) – १,४७८ अग्रता
- दीपकराज बोहरा – १,३८० अग्रता
- डा. लेखजंग थापा – १,३७७ अग्रता
- खड्कराज पौडेल – १,३५५ अग्रता
- आशा झा – १,२२९ अग्रता
- प्रमोदकुमार महतो – १,१७७ अग्रता
- रवि लामिछाने – १,१५८ अग्रता
- गणेश पौडेल – १,०२२ अग्रता
- सोविता गौतम – ९२५ अग्रता
- जनक सिंह धामी – ४०१ अग्रता
- ज्ञानेन्द्र सिंह महता – २६० अग्रता
- धनञ्जय रेग्मी – १९९ अग्रता
यसका साथै गणेश पराजुली, प्रदीप विष्ट, बिना गुरुङ, राजीव खत्री, सस्मित पोखरेल, सुनिल के.सी. र सुरेशकुमार चौधरी लगायतका उम्मेदवारहरू पनि आफ्ना क्षेत्रमा अग्रस्थानमा देखिएका छन्।
२०७९ असार ७ मा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी ले यसपटकको निर्वाचनमा धेरै क्षेत्रमा नयाँ राजनीतिक शक्तिको रूपमा प्रभाव देखाइरहेको विश्लेषण गरिएको छ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
– Deshkoswar.com
#NepalElection2082 #RSP #RabiLamicchane #BalenShah #ElectionUpdate #NepalPolitics #BreakingNews #Deshkoswar
