२६ क्षेत्रमा मतगणना सुरु, २१ स्थानमा रास्वपाको अग्रता
Thank you for reading this post, don't forget to subscribe!काठमाडौं: देशभरका विभिन्न निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता लिएको देखिएको छ।
हालसम्म २६ निर्वाचन क्षेत्रमा मतगणना सुरु हुँदा २१ स्थानमा रास्वपा उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्। प्रारम्भिक परिणामले विगतमा नेपाली कांग्रेस र नेकपा एमालेले जित्दै आएका क्षेत्रहरूमा पनि यसपटक प्रतिस्पर्धा कडा बनेको संकेत गरेको छ।
कतिपय निर्वाचन क्षेत्रमा गएरातिदेखि नै मतगणना जारी रहेको छ भने केही स्थानमा बिहान ७ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
प्रारम्भिक नतिजाले नयाँ राजनीतिक शक्तिको रूपमा रास्वपाको प्रभाव बढ्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ। यद्यपि मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने बताइएको छ।
– Deshkoswar.com
#NepalElection2082 #RSP #ElectionUpdate #BreakingNews #NepalPolitics #Deshkoswar #VoteCount #NepalNews
