झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, ओली धेरै पछाडि
Thank you for reading this post, don't forget to subscribe!झापा: झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) फराकिलो मतले अगाडि देखिएका छन्।
हालसम्म २ हजार ३ सय ३ मत गणना हुँदा बालेन शाहले १ हजार ४ सय ७६ मत प्राप्त गरेका छन्।
यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले ३ सय ८४ मत मात्र प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतका अनुसार हालसम्म कमल गाउँपालिका अन्तर्गत बाँसबारी क र ख तथा गौरादहस्थित मोती माध्यमिक विद्यालय मतदान केन्द्रका क र ख को मतगणना सम्पन्न भएको छ।
अन्य मतदान केन्द्रहरूको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी रहेको बताइएको छ। प्रारम्भिक परिणामले भने झापा–५ मा बालेन्द्र शाहले बलियो अग्रता बनाएको देखिएको छ।
– Deshkoswar.com
#Jhapa5 #BalenShah #KPOli #RSP #UML #NepalElection2082 #ElectionUpdate #BreakingNews #Deshkoswar
