मध्यपूर्व तनावका कारण नेपाल एयरलाइन्सका केही उडान रद्द
Thank you for reading this post, don't forget to subscribe!काठमाडौं | २९ फागुन २०८2

मध्यपूर्व क्षेत्रमा जारी तनाव र केही देशहरूको हवाई क्षेत्र बन्द भएको कारणले नेपाल एयरलाइन्सले आफ्नो कतार, साउदी अरब र यूएईतर्फका केही उडानहरू रद्द गरेको जनाएको छ।
नेपाल एयरलाइन्सले शुक्रबार जारी गरेको सर्कुलर नम्बर–१९ अनुसार १४ देखि १८ मार्च २०२६ सम्मका केही उडानहरू प्रभावित भएका छन्।
✈️ रद्द गरिएका उडानहरू
काठमाडौं → दोहा (RA 239)
📅 14, 16, 17 March 2026
काठमाडौं → दम्माम (RA 241)
📅 14 March 2026
काठमाडौं → दुबई (RA 229)
📅 14, 15, 16 March 2026
दोहा → काठमाडौं (RA 240)
📅 15, 17, 18 March 2026
दम्माम → काठमाडौं (RA 242)
📅 15 March 2026
दुबई → काठमाडौं (RA 230)
📅 15, 16, 17 March 2026
नेपाल एयरलाइन्सले यात्रुहरूलाई भएको असुविधाप्रति क्षमा याचना गर्दै आगामी उडानसम्बन्धी जानकारीका लागि निगमको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल नियमित हेर्न अनुरोध गरेको छ।
यात्रुहरूलाई एयरपोर्ट जानुअघि उडान स्थिति पुष्टि गर्न पनि आग्रह गरिएको छ।
📞 आपतकालीन सम्पर्क नम्बर:
+977 9851273459
+977 9851422156
Source: Nepal Airlines Corporation
