काठमाडौँ । भारतका प्रख्यात वातावरण अभियन्ता तथा शिक्षाविद् सोनम वाङचुक शनिबार जोधपुर केन्द्रीय कारागारबाट रिहा भएका छन्। भारतको केन्द्रीय सरकारले उनको नजरबन्द तत्काल प्रभावबाट खारेज गर्ने निर्णय गरेपछि उनी जेलमुक्त भएका हुन्।
Thank you for reading this post, don't forget to subscribe!जोधपुरको रतनाडा प्रहरी चौकीका एसएचओ दिनेश लाखावतका अनुसार वाङचुकलाई शनिबार दिउँसो करिब १:३० बजे केन्द्रीय सरकारको आदेशपछि रिहा गरिएको हो। रिहाइ प्रक्रियाका लागि उनकी पत्नी गीताञ्जली आङ्मो जोधपुर पुगेकी थिइन्।
वाङचुकलाई २०२५ सेप्टेम्बर २६ मा लद्दाखको लेह जिल्लाका जिल्ला मजिस्ट्रेटको आदेशअनुसार National Security Act (NSA) अन्तर्गत पक्राउ गरिएको थियो। लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने तथा भारतीय संविधानको छैटौँ अनुसूची (Sixth Schedule) अन्तर्गत समावेश गर्नुपर्ने मागसहित लेहमा भएको आन्दोलनपछि उनलाई हिरासतमा लिइएको थियो।
एनएसए अन्तर्गत उनलाई लामो समय नजरबन्दमा राख्ने प्रावधान भए पनि उनले उक्त अवधिको झण्डै आधा समय कारागारमै बिताइसकेपछि केन्द्र सरकारले उनको नजरबन्द खारेज गर्ने निर्णय गरेको हो।
सोनम वाङचुक लद्दाख क्षेत्रमा शिक्षा सुधार, जलवायु परिवर्तन र हिमाली वातावरण संरक्षण सम्बन्धी अभियानका लागि अन्तर्राष्ट्रिय स्तरमै चिनिने अभियन्ता हुन्।
#SonamWangchuk
#LadakhProtest
#ClimateActivist
#IndiaNews
#DeshKoSwar
