फाल्गुन २३, २०८२ | म्याग्दी
Thank you for reading this post, don't forget to subscribe!म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन १४ हजार ९ सय ३१ मतान्तरसहित विजयी भएका छन्।
शनिबार बिहान सम्पन्न भएको अन्तिम मतगणना परिणामअनुसार पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत प्राप्त गरेका छन्।
मतगणनाको सुरुवातदेखि नै स्वतन्त्र उम्मेदवार पुनले फराकिलो अग्रता कायम गर्दै अन्ततः सहज जित हासिल गरेका हुन्।
विजयपछि पुनले आफ्ना समर्थकलाई विजय उत्सव आयोजना नगर्न आग्रह गर्दै सूचना जारी गरेका छन्।
#MahabirPun #Myagdi #NepalElection #DeshKoSwar
