चितवन–२ मा रवि लामिछानेको शानदार जीत, ५४ हजारभन्दा बढी मत

फाल्गुन २३, चितवन | देशको स्वर

Thank you for reading this post, don't forget to subscribe!

चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार लामिछानेले ५४,४०२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना कुमारी खरेलले १४,५६४ मत प्राप्त गरेकी छन्। यससँगै लामिछानेले झन्डै ४० हजार मतान्तरले जित हात पारेका छन्।

यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका अस्वीन घिमिरेले ६,९९३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले ४,९६९ मत पाएका छन्।

यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि रवि लामिछाने यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यतिबेला उनले ५४,१७६ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११,२१४ मत ल्याएका थिए।

यसपटक पनि लामिछानेले चितवन–२ मा आफ्नो लोकप्रियता कायम राख्दै फराकिलो मतान्तरसहित दोस्रो पटक विजय हासिल गरेका हुन्।

#RabiLamicchane #RSP #Chitwan2 #NepalElection #DeshKoSwar