चीनले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई दियो बधाई, सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता

Thank you for reading this post, don't forget to subscribe!

काठमाडौं । चीनले नेपालमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै बधाई व्यक्त गरेको छ।

चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले मार्च ६ मा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएकोमा चीन खुसी भएको बताएकी हुन्।

पत्रकार सम्मेलनमा ड्रागन टिभीले नेपालमा मार्च ५ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबारे चीनको धारणा सोधेको थियो। त्यसको जवाफ दिँदै प्रवक्ता माओले नेपालले आफ्नो राजनीतिक प्रक्रिया सहज रूपमा अगाडि बढाइरहेको देख्दा चीन सन्तुष्ट भएको बताइन्।

उनले चीन र नेपालबीच लामो समयदेखि मित्रवत सम्बन्ध रहँदै आएको उल्लेख गर्दै दुवै देशले एकअर्काको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने प्रयासमा सधैँ सहयोग गर्दै आएको बताइन्।

माओ निङका अनुसार चीन आगामी दिनमा पनि नेपालसँग सहकार्यलाई थप मजबुत बनाउँदै विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक सहकार्य साझेदारीलाई अगाडि बढाउन तयार रहेको छ।

नेपालको निर्वाचन आयोगले मार्च ५ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

#NepalElection #ChinaNepalRelations #DeshKoSwar #NepalPolitics