६ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी–२० शृंखला नेपाल ‘ए’ले ३–२ ले जित्दै गौरव हासिल गरेको छ। सोमबार भएको निर्णायक खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै श्रृंखला आफ्नो पक्षमा पारेको हो।
Thank you for reading this post, don't forget to subscribe!नेपाल ‘ए’ले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २०८ रनको विशाल योगफल तयार गर्यो। ओपनर सन्दीप जोराले ३९ बलमा ६४ रन प्रहार गर्दै टोलीको पारी बलियो बनाए। शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रन जोडे।
२०९ रनको चुनौतीसहित मैदानमा उत्रिएको आसाम भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रनमा रोकियो। नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २–२ विकेट लिँदै विपक्षीलाई दबाबमा राखे।
यसअघि शृंखलाको पहिलो खेलमा नेपाल डीएल पद्धतिअनुसार १५ रनले पराजित भएको थियो। तर दोस्रो खेलमा शानदार पुनरागमन गर्दै ९६ रनले जित हात पारेको थियो। तेस्रो खेल पनि नेपालले ९ रनले जित्यो भने चौथो खेलमा आसामले १८ रनले बराबरी फर्काएको थियो। अन्ततः सोमबारको निर्णायक भिडन्त नेपाल ‘ए’ले आफ्नो पक्षमा पार्दै ऐतिहासिक श्रृंखला जितेको हो।
