काठमाडौं । नेपाली क्रिकेटका लागि अर्को ऐतिहासिक क्षण आउन लागेको छ। वेस्ट इन्डिज टोलीले २०२५ सेप्टेम्बर २७ देखि ३० सम्म यूएईको शारजाह क्रिकेट मैदानमा नेपालसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ।
Thank you for reading this post, don't forget to subscribe!यो श्रृंखला नेपालका लागि विशेष छ, किनकि यो वेस्ट इन्डिजसँगको पहिलो द्विपक्षीय टी–२० आई सिरिज हो। क्रिकेट विश्लेषकहरूले यसलाई नेपाली क्रिकेटको विश्वस्तरीय यात्रातर्फको अर्को महत्वपूर्ण उपलब्धि मानिरहेका छन्।
नेपाल क्रिकेट संघ (CAN) का अनुसार, श्रृंखलाका तयारीहरू तीव्र रूपमा भइरहेको छ र खेललाई भव्य बनाउन दुबै पक्षबीच समन्वय जारी छ।
क्रिकेटप्रेमीहरू यस खेललाई नेपालका युवा खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुल्ने सुनौलो अवसरको रूपमा हेरिरहेका छन्।
