काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी सेप्टेम्बर १ देखि ३ सम्म चीनको तियानजिनमा हुने शंघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा सहभागी हुने भएका छन्।

Thank you for reading this post, don't forget to subscribe!

समिटको क्रममा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने तय भएको छ। कूटनीतिक स्रोतहरूका अनुसार, दुबै नेताबीचको भेटवार्तामा व्यापार, सीमासम्बन्धी प्रश्न र हालै लिपुलेक क्षेत्रलाई लिएर उत्पन्न विवाद प्रमुख एजेण्डा रहनेछ।

विशेषज्ञहरूले यस भेटलाई नेपाल–भारत सम्बन्धका लागि महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। नेपालले क्षेत्रीय व्यापार र पूर्वाधार विकासमा भारत तथा चीन दुबैसँग सहकार्य विस्तार गर्ने रणनीति अघि सार्ने अपेक्षा गरिएको छ।

समिटमा सहभागी हुन ओली सेप्टेम्बर १ मा चीन प्रस्थान गर्नेछन् र सेप्टेम्बर ३ मा स्वदेश फर्किने कार्यतालिका तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।