काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेतीले आफ्नो महत्वाकांक्षी फिल्म *‘आचार्य’*को छायांकन भारतको पश्चिम बंगलास्थित डुअर्स क्षेत्रबाट सुरु गरेका छन्।
Thank you for reading this post, don't forget to subscribe!शुक्रबारदेखि सुरु भएको पहिलो तालिका सात दिनसम्म भारतमै चल्नेछ। यस क्रममा निखिलसँगै डेब्यू अभिनेत्री पूर्णिका सिजापति र केही भारतीय कलाकारहरू पनि छायांकनमा सहभागी भएका छन्।
निखिल आफैं यस फिल्मका निर्देशक पनि हुन्। उनले भने, “अहिले भारतको विभिन्न भागमा कथा अनुसारका दृश्य छायांकन भइरहेको छ। त्यसपछि बागडुगरा र ठाकुरगञ्ज (बिहार) हुँदै २५ दिनपछि टोली नेपाल आउनेछ।”
नेपालमा भने काठमाडौं र स्याङ्जासहितका थलोमा ६० दिन लामो छायांकन तालिका रहनेछ।
⭐ फिल्मको विशेषता
-
शीर्ष भूमिकामा निखिल उप्रेती स्वयं
-
पूर्णिका सिजापतिको डेब्यू
-
सहायक कलाकारमा प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी लगायत
-
सशक्त कथा र वल्र्ड क्लास एक्सन
-
विश्वव्यापी रिलिज गर्ने योजना
🎬 फिल्मको नाम ‘आचार्य’को अर्थ
फिल्मको नामबारे निखिलले भने, “आचार्य भनेको शास्त्र र शस्त्र दुवै जान्ने व्यक्ति हो। महाभारत केवल इतिहासको पाना मात्र होइन, अहिले पनि घरदेखि देशसम्म निरन्तर भइरहने संघर्ष हो। त्यही दृष्टिकोणले यो नाम राखिएको हो।”
यस फिल्ममार्फत अभिनेत्री संचिता लुइँटेलले नृत्य निर्देशकको रूपमा डेब्यू गर्दैछिन्। उनले एक गीतमा कोरियोग्राफी गर्नेछिन्।
निखिल उप्रेतीले सन् २००१ मा ‘पिँजडा’ बाट डेब्यू गरेका थिए र हालसम्म झण्डै सय फिल्ममा अभिनय गरिसकेका छन्। उनले यसअघि निर्देशन गरेको फिल्म ‘भैरव’ सन् २०१५ मा रिलिज भएको थियो। ‘आचार्य’ उनको दोस्रो निर्देशकीय फिल्म हो।
