१०५ वर्षका वृद्धले चपली मतदान केन्द्रबाट मतदान गरे
काठमाडौँ, चैत २२ (डेस्क) — प्रतिनिधि सभा निर्वाचन–२०२६ अन्तर्गत आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ।
Thank you for reading this post, don't forget to subscribe!यसै क्रममा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपली मतदान केन्द्रमा १०५ वर्षका चन्द्रबहादुर खड्काले पहिलो मतदाताको रूपमा आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ।
मतदानपछि राष्ट्रिय समाचार समिति (RSS) सँग संक्षिप्त कुराकानी गर्दै खड्काले यस उमेरमा पनि मतदान गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो। उहाँले भन्नुभयो, “देशले नागरिकको हितमा काम गर्ने सक्षम र इमानदार प्रतिनिधि पाओस् भन्ने मेरो कामना छ।”
स्थानीय सञ्चारकर्मी अनिता श्रेष्ठका अनुसार १०५ वर्षको उमेरमा पनि खड्काले मतदानमा सहभागिता जनाउनु नागरिक कर्तव्य र लोकतन्त्रप्रतिको जिम्मेवारीको उदाहरण भएको बताइन्।
मतदान केन्द्रमा रहेका अन्य मतदाताहरूले पनि खड्कासँग तस्वीर खिच्दै सम्मान व्यक्त गरेका थिए। यसले मतदान केन्द्रमा उपस्थित सबैका लागि उक्त क्षणलाई स्मरणीय बनाएको थियो।
स्रोत: नेपालन्युज
