सर्लाही–४ मा मतदान सुरु भएलगत्तै तनाव

Thank you for reading this post, don't forget to subscribe!

सर्लाही – सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मतदान सुरु हुनेबित्तिकै तनावको अवस्था सिर्जना भएको छ।

बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो।

स्थानीय स्रोतका अनुसार मतदान प्रक्रिया सम्बन्धी विषयमा मतदाता र प्रतिनिधिबीच भनाभन भएपछि स्थिति तनावग्रस्त बनेको बताइएको छ। सुरक्षा निकायले तत्कालै हस्तक्षेप गर्दै अवस्था नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ भने मतदान प्रक्रिया सुचारु राख्ने प्रयास भइरहेको बताइएको छ।