भोट दिन जाँदा के गर्न पाइन्छ, के गर्न पाइँदैन?

Thank you for reading this post, don't forget to subscribe!

काठमाडौँ – मतदान लोकतन्त्रको आधार हो, तर मतदानस्थलमा जाँदा मतदाताले केही अनिवार्य नियम पालना गर्नुपर्छ। निर्वाचन आयोग ले जारी गरेको निर्वाचन आचारसंहिताले सर्वसाधारण मतदातालाई पनि जिम्मेवार बनाउँदै केही स्पष्ट बन्देज लगाएको छ। उल्लङ्घन गरे कारबाहीसमेत हुन सक्छ।

✅ के गर्न पाइन्छ?

•आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न

•तोकिएको समयभित्र मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न

•ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त मतदातालाई दिइएको प्राथमिकता सुविधा उपयोग गर्न

❌ के गर्न पाइँदैन?

•मतदान केन्द्रमा मोबाइल फोन, क्यामरा वा प्रज्वलनशील पदार्थ लैजान

•मादक पदार्थ वा नसालु पदार्थ सेवन गरेर मतदान गर्न जान

•कसैलाई मतदानबाट वञ्चित गराउने उद्देश्यले झुटा अफवाह वा भ्रामक समाचार फैलाउन

•दल वा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा वा लोगो अंकित कपडा (टी–शर्ट, टोपी, ज्याकेट, गम्छा, ब्याज, मास्क, स्टिकर आदि) लगाएर जान

•शरीरमा खोपिएको दल वा उम्मेदवारको ट्याटू प्रदर्शन गर्न (छोपेर मात्रै जान पाइने)

•एसएमएस, सामाजिक सञ्जाल वा अन्य विद्युतीय माध्यमबाट कसैको पक्ष/विपक्षमा तथ्यहीन सामग्री प्रकाशन वा प्रसारण गर्न

आचारसंहिता उल्लङ्घन गरेमा जरिवाना वा अन्य कानुनी कारबाही हुन सक्ने व्यवस्था छ।

मतदान गर्दा उत्साहसँगै सजगता पनि आवश्यक छ। नियम पालना गरौँ, शान्तिपूर्ण र मर्यादित रूपमा आफ्नो मताधिकार प्रयोग गरौँ।