समाचार मिति: २०७८ भदौ २२, आइतबार | स्थान: काठमाडौं, माइतीघर मण्डला
Thank you for reading this post, don't forget to subscribe!काठमाडौं — सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध ‘जेन–जी’ पुस्ता अब मौन बस्ने छैन! भदौ २६ गते, सोमबार माइतीघर मण्डलमा युवा पुस्ता विद्यार्थी पोशाक र किताबसहित सडकमा उत्रने तयारीमा छन्।
सन् १९९७–२०१२ बीच जन्मिएका युवालाई ‘जेनेरेसन–जेड’ भनिन्छ। अमेरिकी उच्चारण अनुसार ‘जेड’ लाई ‘जी’ भनी पढ्ने भएकाले ‘जेन–जी’ नामले परिचित छ।
सरकारले भदौ १२ गते सात दिनको समय दिँदै २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि युवामा असन्तोष फैलिएको छ। जेन–जीका प्रतिनिधिहरू भन्छन्:
“यस कदमले हाम्रो सम्पर्क, सिर्जनशीलता र डिजिटल उद्यममा ठूलो असर पर्छ। अनलाइन व्यापार, ई–कमर्स र विज्ञापन उद्योग ठप्प हुन सक्ने खतरा छ।”
जेन–जीले विद्यार्थी पोशाक र पुस्तक बोकेर सडकमा आउन आह्वान गरेका छन्। उनीहरूले खासगरी नेताका परिवारका विशेष सुविधासम्बन्धी रवाफिलो जीवनशैलीमा प्रश्न उठाएका छन्।
टिकटक र अन्य सामाजिक प्लेटफर्मका लोकप्रिय कन्टेन्ट क्रियटर्सले पनि आन्दोलनलाई समर्थन गर्दै राजनीतिकरण नगर्न अपिल गरेका छन्।
युवा पुस्ता सामाजिक सञ्जालसँग सानैदेखि परिचित भएकोले फेसबुक, युट्युब, टिकटकमा आफ्नो पहिचान बनाइसकेका छन्। कतिपय जेन–जीले विश्व स्तरका पुरस्कार जितिसकेका छन्, जसले देखाउँछ – यो पुस्ता अब आवाज उठाउन तयार छ।
💥 आजको सन्देश:
जेने–जी अब मौन बस्दैन, डिजिटल अधिकार र भ्रष्टाचारविरुद्ध सडकमा छ!
