हमासको सशस्त्र विंग कासाम ब्रिगेड्सका प्रवक्ता अबु उबैदाले मंगलबार गाजामा ‘इजरायल’को कब्जा योजनाबारे कडा चेतावनी दिएका छन्।

Thank you for reading this post, don't forget to subscribe!

टेलिग्राममा प्रकाशित विज्ञप्तिमा उनले भने:

“शत्रुको आपराधिक कब्जा योजना यसको राजनीतिक तथा सैन्य नेतृत्वकै विरुद्ध फर्किनेछ। यसको सेनाले आफ्ना सैनिकहरूको रगतले भुक्तानी गर्नुपर्नेछ, र नयाँ सैनिकहरूलाई कब्जा गर्ने सम्भावना अझ बढ्नेछ।”

उबैदाले थपे:

“हाम्रा लडाकुहरू उच्च सतर्कतामा छन्, उच्च आत्मबलका साथ तयार छन्। उनीहरूले आक्रमणकारीलाई कठोर पाठ पढाउनेछन्।”

उनले ‘इजरायली’ नेतृत्वको आलोचना गर्दै भने:

“युद्ध अपराधी नेतन्याहु र उसका मन्त्रीहरूले आफ्नो जीवित बन्धकको संख्या आधा घटाउने र धेरैको शव हराउने योजनामा अघि बढेका छन्। यसको सम्पूर्ण जिम्मेवारी शत्रु सेना र यसको आतङ्ककारी सरकारले नै लिनुपर्नेछ।”

त्यस्तै, उनले हमासले शत्रुका कैदीलाई जोगाउन सकेसम्म प्रयास गर्ने बताए:

“हामी कैदीहरूलाई सुरक्षित राख्नेछौं। उनीहरू लडाइँको मैदानमा हाम्रा लडाकुहरूसँगै रहनेछन्, उस्तै जोखिमपूर्ण र कठोर अवस्थामा। कुनै कैदी मारिएमा हामी उसको नाम, तस्वीर र मृत्यु प्रमाण सार्वजनिक गर्नेछौं।”