सिरहामा बार एशोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

Thank you for reading this post, don't forget to subscribe!

सिरहा — सिरहा जिल्ला अदालत अगाडि रहेको बार एशोसिएसन कार्यालयमा राखिएको संकास्पद वस्तु विस्फोट हुँदा एक जना कर्मचारी घाइते भएका छन्।

घाइते हुनेमा सिरहा नगरपालिका–१ निवासी सौरभ यादव रहेका छन्। विस्फोटमा परेर घाइते भएका यादवको उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार बार एशोसिएसन कार्यालयभित्र राखिएको संकास्पद वस्तु अचानक विस्फोट भएको हो।

विस्फोटपछि क्षेत्र वरपर त्रासको अवस्था सिर्जना भएको थियो। प्रहरीले घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा पार्नुका साथै घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

घटनाको कारण र विस्फोट गराउने वस्तुको प्रकृतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

#DeshKoSwar

#SirahaNews

#BreakingNews

#NepalNews

#SecurityAlert