संसदमा देखियो जेन–जी पुस्ताको उदय: रास्वपाबाट ६, श्रम संस्कृतिबाट १ युवा सांसद

नेपालको पछिल्लो प्रतिनिधिसभा निर्वाचनले संसदमा नयाँ पुस्ताको उपस्थिति उल्लेखनीय रूपमा बढाएको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट कुल ७ जना जेन–जी (Generation Z) प्रतिनिधि प्रत्यक्षतर्फ निर्वाचित भएका छन्।

Thank you for reading this post, don't forget to subscribe!

भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आयोजना गरेको यो निर्वाचनलाई धेरैले नयाँ पुस्ताको राजनीतिक प्रवेशको रूपमा हेरिरहेका छन्।

निर्वाचित सात जनामध्ये ६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हुन् भने १ जना श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका छन्।

रास्वपाबाट निर्वाचित जेन–जी सांसद

रास्वपाबाट युवा पुस्ताका ६ जना उम्मेदवार प्रतिनिधिसभामा प्रवेश गरेका छन्।

  • निशा डाँगी (२९) – झापा–१

    • प्राप्त मत: ४५,६८०

    • निकटतम प्रतिद्वन्द्वी: नेपाली कांग्रेसका केशवराज पाण्डे – १०,५५० मत

  • मनिष खनाल (२६) – नवलपुर–२

    • प्राप्त मत: ४१,३४७

    • निकटतम प्रतिद्वन्द्वी: एमालेका तीलबहादुर महत क्षेत्री – १५,७५५ मत

  • बब्लु गुप्ता (२८) – सिराहा–१

    • प्राप्त मत: ४१,३२२

  • सस्मित पोखरेल (२९) – काठमाडौं–५

    • प्राप्त मत: ३०,७३७

  • प्रशान्त उप्रेती (२५) – मकवानपुर–२

    • प्राप्त मत: ३०,०५०

  • केपी खनाल (२६) – कैलाली–२

    • प्राप्त मत: २०,०५७

श्रम संस्कृति पार्टीबाट १ युवा सांसद

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट

  • आरेन राई (२९) – खोटाङ–१

    • प्राप्त मत: १६,६१२

    • निकटतम प्रतिद्वन्द्वी: देवविक्रम राई – १२,७१४ मत

को हुन् जेन–जी ?

सामान्यतया सन् १९९७ देखि २०१२ सम्म जन्मिएका पुस्तालाई Generation Z (जेन–जी) भनिन्छ। डिजिटल प्रविधि, सामाजिक सञ्जाल र नयाँ राजनीतिक चेतनासँग जोडिएको यो पुस्ताले अहिले नेपालमा पनि राजनीतिक प्रभाव देखाउन थालेको विश्लेषकहरूको भनाइ छ।

यस पटकको निर्वाचन परिणामले संसदमा युवापुस्ताको प्रतिनिधित्व बढेको मात्र होइन, परम्परागत राजनीतिक संरचनामा नयाँ सोच र नयाँ नेतृत्व प्रवेश गरिरहेको संकेत समेत दिएको छ।