झापा–५ मा बालेन शाहको सुरुआती अग्रता, केपी ओली पछाडि
Thank you for reading this post, don't forget to subscribe!झापा: झापा निर्वाचन क्षेत्र नम्बर–५ मा जारी मतगणनाको प्रारम्भिक परिणाममा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाह ले अग्रता लिएका छन्।
हालसम्म करिब १ हजार ४ सय मत गणना हुँदा शाहले ८१४ मत प्राप्त गर्दै पहिलो स्थानमा देखिएका छन्।
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले हालसम्म ३८४ मत पाएका छन्।
यस क्षेत्रमा नेपाली कांग्रेस ले मनद्वारा चिमोरिया लाई उम्मेदवार बनाएको छ भने नेकपा का तर्फबाट रञ्जित तामाङ चुनावी मैदानमा छन्।
मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
– Deshkoswar.com
