सिरहा–३ मा रास्वपाका शम्भु कुमार यादव अग्रस्थानमा, मतगणना जारी
Thank you for reading this post, don't forget to subscribe!सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं. ३ मा मतगणना जारी रहेको छ। हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भु कुमार यादव अग्रस्थानमा देखिएका छन्।
प्राप्त पछिल्लो मत परिणामअनुसार शम्भु कुमार यादवले ३,१८६ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धी उम्मेदवारभन्दा अगाडि रहेका छन्।
त्यसैगरी जनता समाजवादी पार्टी, नेपाल का उम्मेदवार असेश्वर यादव ले १,४९८ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी का बिश्वनाथ साह ले १,४१० मत पाएका छन्।
यसैगरी नेकपा (एमाले) का लिलानाथ श्रेष्ठ ले १,१८० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस का सुभाष चन्द्र यादव ले ७०६ मत पाएका छन्।
अन्य उम्मेदवारमध्ये जनमत पार्टी का रोहित महतो ले ९४, राप्रपा का देव दयाल सिंह ले ४६, श्रम संस्कृति पार्टी का दिप कुमार लामा ले २८, उज्यालो नेपाल पार्टी का श्रवण पासवान ले १८, आम जनता पार्टी की ज्ञानु देवी दनुवार ले ९, प्रगतिशील लोकतान्त्रिक पार्टी का पुजन कुमार सिंह ले ६ र नेकपा (माओवादी) का कमल राय ले ५ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना प्रक्रिया अझै जारी रहेको छ र अन्तिम परिणाम आउन बाँकी रहेको छ।
– Desh Ko Swar
