काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह को झापा यात्रा अन्तिम समयमा स्थगित भएको छ।

Thank you for reading this post, don't forget to subscribe!

काठमाडौंमा मतदान गरेपछि उनी हेलिकप्टरमार्फत झापा जाने तयारीमा थिए। यसका लागि उनले हिजै निर्वाचन आयोग बाट आवश्यक आधिकारिक अनुमति पत्र समेत लिइसकेका थिए।

तर सुरक्षा जोखिम सम्बन्धी सूचना प्राप्त भएपछि उनको झापा यात्रा रोकिएको सुरक्षा स्रोतले जनाएको छ। इन्टेलिजेन्स निकायलाई झापामा सम्भावित आक्रमणको तयारी भइरहेको जानकारी प्राप्त भएपछि सुरक्षा निकायले उनलाई त्यहाँ नजान सुझाव दिएको बताइएको छ।

सोही सूचनाका आधारमा झापातर्फ उडेको हेलिकप्टर अवतरण नगरी पुनः काठमाडौं फर्किएको थियो। सुरक्षा कारणका कारण आजका लागि तय गरिएको बालेनको झापा यात्रा स्थगित गरिएको स्रोतको भनाइ छ।

यस विषयमा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ।

#बालेन्द्रशाह #बालेनशाह #झापा #रास्वपा #नेपालीराजनीति #नेपालसमाचार #मतदान2026 #हेलिकोप्टर #सुरक्षारिस्क