प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

Thank you for reading this post, don't forget to subscribe!

काठमाडौं । देशभर सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन छिटपुट सामान्य घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

निर्वाचन आयोगले तोकेको समयअनुसार बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहेको थियो। आयोगका अनुसार मतदानस्थलमा साँझ ५ बजेसम्म लाइनमा रहेका मतदातालाई त्यसपछि पनि मतदान गर्ने व्यवस्था गरिएको थियो।

निर्वाचन आयोगकी आयुक्त Janaki Kumari Tuladhar ले हालसम्म कुनै पनि मतदान केन्द्रमा औपचारिक रूपमा मतदान स्थगित गर्नुपरेको अवस्था नआएको जानकारी दिनुभयो।

यसबीच Dolakha, SarlahiRautahat का केही स्थानमा सामान्य विवाद देखिए पनि तत्काल समाधान गरी मतदान प्रक्रिया पुनः सञ्चालन गरिएको थियो। दोलखाको तामाकोशी–४ स्थित मालु मतदानस्थलमा केही समय रोकिएको मतदान पुनः सुरु गरिएको आयोगले जनाएको छ।

आयोगले मतदानको विस्तृत विवरणबारे साँझ ६ः१५ बजे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने जनाएको छ।

यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान भएको हो। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ६५ राजनीतिक दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् भने कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्।

समानुपातिकतर्फ भने तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुने व्यवस्था गरिएको थियो।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो। सुरक्षा व्यवस्थाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायका गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो