मतदानस्थलतर्फ पठाइयो ब्यालोट बक्स
Thank you for reading this post, don't forget to subscribe!काठमाडौं।
काठमाडौंस्थित निर्वाचन अधिकृतको कार्यालय, बानेश्वरबाट प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक ब्यालोट बक्स तथा अन्य निर्वाचन सामग्रीहरू सम्बन्धित मतदानस्थलतर्फ पठाइएको छ।

निर्वाचन सामग्री सुरक्षाकर्मीको कडा निगरानीमा ढुवानी गरिएको निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार केही मतदान केन्द्रहरूमा आवश्यक सामग्री पुगिसकेको छ भने बाँकी स्थानमा पठाउने क्रम जारी रहेको छ।
निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र सुरक्षित बनाउन आवश्यक सबै तयारी तीव्र पारिएको पनि कार्यालयले जानकारी दिएको छ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रिरि
