काठमाडौं। एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले फेसबुकले नेपाललाई Monetization Eligible Country को सूचीमा समावेश गरेकोमा खुशी व्यक्त गर्दै सरकार र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई धन्यवाद दिएका छन्।

Thank you for reading this post, don't forget to subscribe!

उनका अनुसार अब नेपाली Content Creatorहरूले नेपालमै बसेर कानुनी रूपमा आम्दानी गर्न, नेपालकै बैंक खाता जोड्न र VPN प्रयोग नगरी प्रत्यक्ष कमाई सम्भव भएको छ।

बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्–
“यो केवल मनिटाइजेसन मात्र होइन, यो युवालाई सिर्जनशीलता र मेहनतमार्फत रोजगारी, उद्यमशीलता र आत्मनिर्भर भविष्यतर्फ डोऱ्याउने Game Changer Moment हो।”

फेसबुकको यो कदमले हजारौं नेपाली युवालाई डिजिटल प्लेटफर्ममार्फत रोजगार र अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।