काठमाडौं । हाल संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालकहरूले सडकमा उत्रिएर विरोध जनाएका छन्।

Thank you for reading this post, don't forget to subscribe!

सोमबार राजधानीमा विद्यालय बससहितको र्‍याली निकालेका उनीहरूले प्रस्तावित विधेयक लगानीमैत्री नभएको दाबी गरेका छन्।

निजी विद्यालय सञ्चालकहरूको भनाइमा, विधेयकले निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक संस्थामा परिणत गर्ने व्यवस्था गरेको छ, जसले शिक्षा क्षेत्रमा गरिएको लगानीलाई अवमूल्यन गर्ने खतरा छ।

उनीहरूले सरकारले लगानीकर्ताको हक हितलाई बेवास्ता गरेको भन्दै विधेयक पुनः संशोधन गर्न माग गरेका छन्।

यसअघि पनि निजी विद्यालय सञ्चालक संगठनहरूले विधेयकका विवादास्पद प्रावधान खारेज गर्नुपर्ने चेतावनी दिएका थिए।


#PrivateSchools #EducationBill #NepalNews #SchoolBusRally #EducationReform