Thank you for reading this post, don't forget to subscribe!
#BreakingNews #RSP #NepalPolitics
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडे ४ दिन प्रहरी हिरासतमा बस्ने भएका छन्। जिल्ला अदालत काठमाडौंले पाँडेविरुद्ध दर्ता भएको मुद्दामा अनुसन्धानका लागि ४ दिनको म्याद दिएको हो।
साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार एक महिलाले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार पाँडे विरुद्ध उजुरी दर्ता गरेकी थिइन्। उजुरीमा सामाजिक सञ्जाल ह्वाट्सअपमार्फत गालीगलौज गरेको आरोप लगाइएको छ।
बुधबार बयान दिन साइबर ब्युरो पुगेका पाँडेलाई प्रहरीले सोधपुछपछि दरबारमार्ग प्रहरी वृत्तमा राखेको छ।
पर्यावरणविद् समेत रहेका पाँडे २०७९ सालमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए। सरकारमा रास्वपा सहभागी हुँदा २०८० सालमा उनी राष्ट्रिय योजना आयोगको सदस्यसमेत बनेका थिए।
👉 ह्यासट्याग:
#रास्वपा #अरनिकोपाँडे #NepalNews #CyberCrime #PoliticsNepal #BreakingNepal
