U.S. President Donald Trump speaks during a visit to the Kennedy Center in Washington, D.C., U.S., August 13, 2025. REUTERS/Kevin Lamarque

२६ अगस्ट २०२५ | एक्सप्रेस वेब डेस्क

Thank you for reading this post, don't forget to subscribe!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूलाई डिजिटल सेवा कर तथा अन्य नियमनमार्फत लक्षित गर्ने देशहरूलाई चेतावनी दिँदै ‘महत्वपूर्ण’ नयाँ शुल्क (tariffs) लगाउने धम्की दिएका छन्। उनले भने, यस्ता कदमहरूले अमेरिकी कम्पनीलाई अन्यायपूर्ण रूपमा असर पार्छन् तर चीनका प्रविधि कम्पनीलाई भने बच्छोड दिइन्छ।

आफ्नो ट्रुथ सोसियल प्लेटफर्ममा लेख्दै ट्रम्पले भने:
“डिजिटल कर, डिजिटल सेवा ऐन, र डिजिटल बजार नियमन सबै अमेरिकी प्रविधिलाई हानि गर्न वा भेदभाव गर्न बनेका छन्। ती सबैले चीनका सबैभन्दा ठूला प्रविधि कम्पनीलाई पूर्ण छुट दिन्छन्, जुन अत्यन्तै अपमानजनक छ। यो अब सकिनुपर्छ, र तुरुन्तै सकिनुपर्छ!”

ट्रम्पले थप चेतावनी दिँदै भने, अमेरिका अब आफ्ना उच्च संरक्षित प्रविधि र चिप्स मा निर्यात प्रतिबन्ध पनि लगाउनेछ।

उनले भने:
“डिजिटल कर, ऐन, नियम वा नियमन लागू गर्ने सबै देशलाई म चेतावनी दिन्छु— यदि यी भेदभावपूर्ण कदमहरू हटाइएनन् भने, अमेरिकी राष्ट्रपति हैसियतमा म ती देशका सामानमा अमेरिका भित्र  (महत्वपूर्ण) थप शुल्क लगाउनेछु।”

ट्रम्पले थपे:
“अमेरिका र अमेरिकी प्रविधि कम्पनीहरू अब संसारको ‘पिग्गी बैंक’ (बचतको भाँडो) वा ‘ढोका मुनिको पायदान’ (doormat) होइनन्। अमेरिकालाई र हाम्रो अद्भुत प्रविधि कम्पनीलाई सम्मान देखाऊ, अन्यथा परिणामको सामना गर्न तयार रह।”

रायटर्सका अनुसार, विशेष गरी युरोपेली देशहरूले गुगल, मेटा, एपल, अमेजन जस्ता डिजिटल सेवा प्रदायकको आम्दानीमा कर लगाएका छन्, जसले लामो समयदेखि अमेरिकी प्रशासनसँगको व्यापार सम्बन्धमा तनाव बढाउँदै आएको छ।

यो चेतावनी वाशिंगटन र ब्रसेल्सबीच “अन्यायपूर्ण व्यापार अवरोध सम्बोधन गर्ने” सहमति भएको एक सातापछि आएको हो। दुवै पक्षले इलेक्ट्रोनिक ट्रान्समिसनमा सीमा शुल्क नलगाउनेमा सहमति गरेका थिए। युरोपेली संघले पनि नेटवर्क प्रयोग शुल्क नलगाउने जनाएको थियो।

डिजिटल कर मुद्दा हालको ट्रम्प प्रशासनको व्यापार वार्तामा प्रमुख विवाद बनेको छ। गत महिना मात्र अमेरिकाले यस विषयमा क्यानाडासँगको वार्ता तोडेको थियो।