अत्यावश्यकबाहेक सबै गाडीमा रोक, यी सवारीसाधन चलाउन पाइने

Thank you for reading this post, don't forget to subscribe!

काठमाडौँ, फागुन २०, २०८२ (बिहीबार) – प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गएराति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन आयोग को सिफारिसमा सुरक्षा व्यवस्थालाई कडा बनाउँदै मतदान प्रक्रिया सम्पन्न नहुँदासम्मका लागि यो व्यवस्था लागू गरिएको हो।

आयोगले अत्यावश्यक सेवा, कूटनीतिक नियोग तथा आधिकारिक पास प्राप्त सवारीसाधनलाई भने सञ्चालन अनुमति दिएको जनाएको छ।

कस्ता गाडी चलाउन पाइन्छ?

१️⃣ अत्यावश्यक सेवा

  • दमकल
  • एम्बुलेन्स
  • शव वाहन
  • खानेपानीको ट्याङ्कर
  • दूरसञ्चार, विद्युत् तथा ढल मर्मतका गाडी

२️⃣ दैनिक उपभोग्य वस्तु बोक्ने सवारी

  • दूध, फलफूल, तरकारी
  • माछा, मासु
  • पेट्रोलियम पदार्थ ढुवानी गर्ने गाडी

३️⃣ स्वास्थ्य सेवा

  • अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ओसार–पसार गर्ने सवारी

४️⃣ हवाई यात्रु

  • अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु बोकेका गाडी (विमानस्थलदेखि घर वा होटलसम्म)

५️⃣ अशक्त तथा विशेष अवस्थाका मतदाता

  • हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी
  • काखे बच्चासहितकी महिला
  • किरियापुत्री
  • शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति
  • हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक र तिनका एक सहयोगी

६️⃣ कूटनीतिक तथा अन्य

  • ‘CD’ नम्बर प्लेट भएका कूटनीतिक नियोगका सवारी
  • आयोगबाट जारी परिचयपत्र भएका पर्यवेक्षक
  • प्रेस पास भएका सञ्चारकर्मीका सवारी

प्रशासनले अनावश्यक रूपमा सवारीसाधन नचलाउन र सुरक्षा निकायसँग सहकार्य गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।