सर्लाही–४ मा गगन थापा पराजित, रास्वपाका अमरेशकुमार सिंह १२ हजारभन्दा बढी मतान्तरले विजयी

Thank you for reading this post, don't forget to subscribe!

सर्लाही | देशको स्वर

सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

हालै सम्पन्न अन्तिम मतगणना परिणामअनुसार अमरेशकुमार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्। यससँगै सिंहले थापालाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्।

यस परिणामसँगै मधेस प्रदेशमा पनि रास्वपाको प्रभाव बढ्दै गएको संकेत देखिएको विश्लेषकहरू बताउँछन्।

निर्वाचनअघि सर्लाही–४ लाई निकै चासोका साथ हेरिएको क्षेत्र मानिएको थियो, जहाँ राष्ट्रिय राजनीतिका प्रभावशाली नेता गगन थापा र रास्वपाका अमरेशकुमार सिंहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो।

तर अन्तिम परिणामले भने रास्वपाका उम्मेदवार सिंहले स्पष्ट अग्रता कायम गर्दै सहज जित हासिल गरेका छन्।

#NepalElection2082 #RSP #AmaresKumarSingh #GaganThapa #DeshKoSwar