Thank you for reading this post, don't forget to subscribe!
देशभर रास्वपाको लहर : ४ क्षेत्रमा जित, सयभन्दा बढी क्षेत्रमा अग्रता
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभर बलियो अवस्थामा देखिएको छ। हालसम्म प्राप्त विवरणअनुसार रास्वपाले काठमाडौंका चार क्षेत्रमा विजयी हासिल गरिसकेको छ भने देशभरका १०० भन्दा बढी निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।
हालसम्म विजयी हुने रास्वपा उम्मेदवारहरू यसप्रकार छन्:
- शिशिर खनाल – काठमाडौं–६ (२७,७११ मत)
- विराजभक्त श्रेष्ठ – काठमाडौं–८ (२४,५९२ मत)
- राजुनाथ पाण्डे – काठमाडौं–३ (१८,७५७ मत)
- रञ्जु न्यौपाने – काठमाडौं–१ (१५,४५५ मत)
त्यस्तै, अन्य धेरै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरूले उल्लेखनीय अग्रता कायम गरेका छन्।
धनुषा–३ मा मनिष झा, रूपन्देही–२ मा सुलभ खरेल, मोरङ–६ मा रुविना आचार्य, चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा स्वर्णिम वाग्ले, ललितपुर–३ मा तोसीमा कार्की, चितवन–३ मा सोविता गौतम, झापा–५ मा बालेन्द्र शाह (बालेन) लगायतका उम्मेदवारहरू अग्रस्थानमा रहेका छन्।
त्यसैगरी सिराहा–३ मा रास्वपाका शम्भु कुमार यादव पनि अग्रस्थानमा रहेका छन्।
निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न केन्द्रहरूमा मतगणना प्रक्रिया जारी रहेको छ र अन्तिम परिणाम आउन अझै समय लाग्नेछ।
