जसपा नेपालका सिरहा–३ उम्मेदवार अशेश्वर यादव पक्राउ

Thank you for reading this post, don't forget to subscribe!

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्।

निर्वाचन आचारसंहिता अनुसार लागू गरिएको मौन अवधिका बेला यादव नगद रकमसहित पक्राउ परेका हुन्।

प्रहरी स्रोतका अनुसार मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि हुनसक्ने आशंकामा उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ सम्बन्धी थप अनुसन्धान भइरहेको बताइएको छ।

निर्वाचन आयोगले मौन अवधिमा कुनै पनि प्रकारका प्रचार–प्रसार, आर्थिक प्रलोभन वा मत प्रभावित गर्ने गतिविधि नगर्न कडा निर्देशन दिएको छ।