आज मध्यरातदेखि अत्यावश्यक बाहेकका सबै सवारी बन्द
Thank you for reading this post, don't forget to subscribe!देशकोस्वर डेस्क
फागुन २०, २०८२ | काठमाडौं
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै आज राति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन उक्त निर्णय लागू गरिएको हो।
सरकारले निर्वाचन आयोगको सिफारिसअनुसार भोलि साँझ ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदान प्रक्रिया सम्पन्न नहुन्जेल सर्वसाधारण सवारी सञ्चालन गर्न पाइने छैन।
यी सवारी भने सञ्चालनमा रहनेछन्:
- एम्बुलेन्स
- दमकल
- शववाहन
- रक्तसञ्चार सेवा सम्बन्धी सवारी
- खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारी
- कूटनीतिक नियोगका निलो प्लेट सवारी
- निर्वाचन आयोग वा जिल्ला प्रशासन कार्यालयबाट पास प्राप्त सवारी
आयोगले अत्यावश्यक काम परेमा सवारी बन्द हुनुअघि नै गन्तव्यमा पुग्न सर्वसाधारणलाई अनुरोध गरेको छ। निर्वाचन अवधिमा कुनै समस्या आए नजिकको सुरक्षा निकायसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले यो व्यवस्था लागू गरिएको आयोगले जनाएको छ।
