धनगढीमा दुई समूहबीच झडप, प्रहरी घाइते

Thank you for reading this post, don't forget to subscribe!

१९ फागुन, काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप भएको छ। झडप नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाइ फायरिङ गरेको छ।

यस क्रममा प्रहरीका असई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे घाइते भएका छन्। उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, झडपमा संलग्न समूह होली खेलेर बस्दा मदिरा सेवन समेत गरिरहेको अवस्थामा झडप सुरु भएको थियो।

प्रहरीले झडपमा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ।