फागुन २१ को निर्वाचनका लागि नयाँ बसपार्कमा भिड

Thank you for reading this post, don't forget to subscribe!

काठमाडौं — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न सर्वसाधारण गृहजिल्ला प्रस्थान गर्ने क्रम बढेको छ।

काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्क मा मंगलबार बिहानैदेखि यात्रुहरूको उल्लेख्य भीड देखिएको छ। टिकट काउन्टर अगाडि लामो लाइन लागेका छन् भने बसहरू यात्रुले खचाखच भरिएका देखिन्छन्।

निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न धेरैजसो मतदाता राजधानीबाट बाहिरिने गरेका कारण बसपार्क क्षेत्रमा चहलपहल बढेको हो। केही यात्रुहरूले सिट अभावका कारण उभिएर यात्रा गर्नुपरेको गुनासो गरेका छन्।

यातायात व्यवसायीहरूले यात्रुको चापलाई ध्यानमा राख्दै थप सवारीसाधन सञ्चालन गरिएको बताएका छन्। सुरक्षाका लागि प्रहरी परिचालनसमेत बढाइएको छ।

निर्वाचन आयोगका अनुसार फागुन २१ गते देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गराउने तयारी तीव्र पारिएको छ।