प्रधानमन्त्री कार्की राष्ट्रका नाममा सम्बोधन गर्न तयारीमा
काठमाडौँ, १८ फागुन २०८२
Thank you for reading this post, don't forget to subscribe!
प्रधानमन्त्री सुशीला कार्की राष्ट्रका नाममा सम्बोधन गर्ने तयारीमा छिन्। सम्बोधन फागुन २१ को प्रतिनिधि सभा निर्वाचन र समसामयिक विषयमा केन्द्रित हुने बताइएको छ।
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलका अनुसार, “आज प्रधानमन्त्रीज्युले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ। प्रत्यक्ष प्रसारण गर्ने कि रेकर्डिङ गरेर सार्वजनिक गर्ने भन्नेबारे छलफल भइरहेको छ। जे भए पनि एउटा महत्त्वपूर्ण सन्देश आज आउँदैछ।”
गत भदौमा भएको जेनजी आन्दोलन पछि भदौ २७ मा राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो।
यस सम्बोधनले निर्वाचनपूर्व माहोल र समसामयिक राजनीतिक विषयमा जनतालाई प्रत्यक्ष जानकारी दिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
