रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला, नेपाली सेनाको टोली परिचालित
रौतहट | १८ फागुन
Thank you for reading this post, don't forget to subscribe!रौतहटको राजपुर नगरपालिका–३ मा सडकछेउ शंकास्पद वस्तु फेला परेको छ। स्थानीयबासीले बेवारिसे अवस्थामा रहेको वस्तु देखेपछि तुरुन्तै प्रहरीलाई जानकारी दिएका थिए।

सूचना पाएसँगै सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गौरस्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली परिचालित गरिएको छ।
सेनाले शंकास्पद वस्तुको प्रकृति पहिचान गरी सुरक्षित तरिकाले डिस्पोज गर्ने तयारी गरिरहेको जनाएको छ।
घटनास्थल वरिपरि सर्वसाधारणको आवतजावत रोकिएको छ र सुरक्षा घेरा कडा गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ले जानकारी दिएका छन्।
स्थिति स्थिर नभएसम्म स्थानीयलाई सचेत रहन र घटनास्थलमा नजान आग्रह गरिएको छ।
