काठमाडौं, १७ भदौ। काठमाडौंको गोंगबुस्थित घरबाट ठूलो मात्रामा नगदसहित एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ।
Thank you for reading this post, don't forget to subscribe!काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई करिब चार करोड रुपैयाँसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार श्रेष्ठले सुनका गरगहना धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गर्थे। छापा मार्दा ३ करोड ७५ लाख रुपैयाँ नगद बरामद भएको छ भने सुनका गरगहना पनि प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद सुनको तौल तथा जाँच अझै बाँकी रहेको बताइएको छ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले भने,
“प्रारम्भिक अनुसन्धानमा उनी मिटरब्याजी रहेको देखिएको छ। सुन धितो राखेर अनुचित लेनदेन गरेको प्रमाण भेटिएको छ।”
विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। पक्राउ परेका श्रेष्ठको गोंगबुमा मात्रै नभई गोरखामा पनि घर रहेको खुल्न आएको छ।
